बोलेरो दुर्घटना हुँदा आठ जना घाइते

डिसी नेपाल
७ कार्तिक २०७८ १५:२६

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ५ आम्बोटेमा बोलेरो दुर्घटना हुँदा आठ जना घाइते भएका छन । बर्रेबाट कटारीतर्फ जाँदै गरेको बोलेरो ओरालोमा ब्रेक फेल भई दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका हुन् ।

घाइते हुनेमा उदयपुरगढी गाउँपालिका– ३ का ४३ वर्षीय खिलराज तामाङ, २० वर्षीय आशिष खड्का, वडा नम्बर ४ का ५० वर्षीया सुनमाया तामाङ, २३ वर्षीया हिरा तामाङ, ३८ वर्षीय चीनमाया तामाङ, १५ वर्षीय मेखबहादुर बस्नेतसहित बिगुल गाउँपालिका ४, दोलखाका २६ वर्षीय सन्दीप ठकुरी र सोही ठाउँका २४ वर्षीया एसिला कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लिलबहादुर श्रेष्ठले जानकारी दिए ।

घाइतेहरुको जिल्ला अस्पताल गाइघाटमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । अधिकांशको हात, खुट्टा, ढाँडमा सामान्य चोट रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । ओरालोमा आउँदै गर्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *