एक घरमा आगलागी, लाखौँको क्षति

डिसी नेपाल
७ कार्तिक २०७८ १६:५१

बाजुरा। जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ महतीमा शनिबार दिउँसो आगलागी हुँदा लाखौँको क्षति भएको छ । सोही गाउँपालिका–३ महतीका स्थानीय कार्तिके ल्वारको घरमा आगलागी भएको हो ।

आगलागीबाट घर जलेर पूर्णरुपमा क्षति हुनाका साथै सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बलेन्द्र नाथले बताए ।

आगलागीबाट ल्वारको घरमा रहेको अन्नपात, लुगा, कपडा, भाँडाकुँडासहित रू तीन लाख जलेर नष्ट भएको स्थानीय कोपिला सिंहले बताए । क्षतिको विवरण नआएकाले केकति भयो भन्नेबारे भन्न नसकिने प्रहरी निरीक्षक नाथले बताए । दिउँसो १ बजेतिर भान्छाबाट आगो सल्केर घरमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *