भन्सार छली गरेका तीन लाखभन्दा बढीका कपडा बरामद
काठमाडौं ।सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले आज भन्सार छलीका रु तीन लाखभन्दा बढीका कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालको टोलीले गोदावरी नगरपालिका–१ अत्तरिया इलाकामा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु तीन लाख १२ हजार ४७० बराबरको लेडिज र जेन्स आइटमका थान कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ । बरामद गरिएका कपडा आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको जनाइएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment