एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित पक्राउ
सिरहा । सिरहा नगरपालिका-१८ का वडाध्यक्ष रामसोगारथ यादव लागूऔषधसहित पक्राउ परेका छन्।
सरकारी नम्बर प्लेट स१ ब९३८ नम्बरको मोटरसाइकलमा सवार यादव १५ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए। उनी भारतबाट फर्कँदै गर्दा प्रहरीले माडर चोकबाट पक्राउ गरेको हो।
यादवमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment