सानिमा माई हाइड्रोपावरको साधारणसभा आज

डिसी नेपाल
११ कार्तिक २०७८ १०:०९

काठमाडौं। सानिमा माई हाइड्रोपावरको साधारणसभा आज बिहीबार बस्दैछ। १० दशमलव ५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्न आज बिहान ११ बजे भर्चुअल माध्यमबाट साधारणसभा सुरु हुँदैछ । तर, लगानीकर्ताले भौतिक रुपमा पनि सहभागी जनाउन सक्नेछन्।

सभा प्रयोजनका लागि असोज १८ गते बुक क्लोज गरिएको छ। सभामा सानिमा माईले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । उक्त प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *