कांग्रेस अधिवेशनः सर्वधन राईले भने जिल्ला सभापतिबाट ‘नो ब्याक’
काठमाडौं। पूर्व राज्यमन्त्री सर्वधन राईले आसन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खोटाङको जिल्ला अधिवेशनमा सभापतिबाट ‘ब्याक’ नहुने स्पष्ट पारेका छन् ।बुधबार दिक्तेलमा पत्रकारसँगको भेटघाट तथा चियापान कार्यक्रममा राईले आगामी १० मंसिरमा हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिमा कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।
‘धेरै सोचेर, बुझेर, गहिरो अध्ययन गरेर हाम्रो उम्मेद्वारीको चर्चा चलाएको हो । हाम्रो उम्मेद्वारी कुनै पनि हालतमा ब्याकक हुँदैन । नो ब्याक,’ राईले भने, ‘हामी अगाडि बढ्यौँ ।हामी जिते पनि बढ्यौंँ, हारे पनि अगाडि बढ्यौँ । समग्रमा भन्दा सभापतिमा हाम्रो कोहीसित सम्झौता हुँदैन । अरु विषय वस्तु मिलाउने क्रममा सम्झौता हुन सक्छ । तर, सभापतिको विषयवस्तुमा कुनै पनि सम्झौता हुँदैन ।’
सुरुमा सभापतिमा दावी गर्ने तर अन्तिममा पछि हट्ने आशंकाबारे राईले आफू पछि नहट्ने स्पष्ट पारेका छन् । उनले जिल्लामा पार्टीलाई नयाँ उचाइ र गति दिनका लागि सभापतिमा उम्मेद्वारी दिन लागेको बताए ।‘जिल्लामा कांग्रेसको संगठन अत्यन्तै अव्यस्थित छ । अनुशासनविहीन छ, अव्यवस्थित छ । चेक एन्ड व्यालेन्स केही छैन । संस्थागत भएको छैन ।
दिनप्रतिदिन पार्टीप्रतिको आकर्षण घट्दो अवस्थामा देखिन्छ,’ राईले भने, ‘नयाँ साथीहरू आइरहनु भएको छ,तर जब दिन सकिएको छैन पार्टी संगठनको मूल प्रवाहमा समावेश गरेर वैचारिक र सैद्धान्तिक तरिकाले जसरी लिएर जानुपर्ने हो त्यो भएको छैन । त्यी सबै अभाव परिपूर्ति गर्न हाम्रो उम्मेद्वारी हो ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment