बाख्रा चोर पक्राउ

डिसी नेपाल
१३ कार्तिक २०७८ २२:१३
100
Shares

काठमाडौं ।शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरका १८ वर्षीय ओमप्रकाश भण्डारीलाई प्रहरीले आज बाख्रा चोरी गरेको आरोपमा पक्राउ गरेको छ ।

आज बिहान शुक्लाफाँटा–५ वनसमितिकी लक्ष्मी ऐडीको गोठबाट दुई बाख्रा चोरी गरेर लग्दै गरेका भण्डारीलाई इलाका प्रहरी कार्यालय झलारीको गस्ती टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका भण्डारीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । चाडपर्वका बेला झलारी क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.