एमाले अधिवेशनः ताप्लेजुङ जिल्लाको सबै पालिकाले पायो नयाँ नेतृत्व
काठमाडौं। नेकपा एमालेको १० औँ महाधिवेशनको स्थानिय तह अन्तर्गत ताप्लेजुङ जिल्लाको सबै स्थानिय तहले नयाँ नेतृत्व पाएको छ।कूल सात वटा स्थानिय तह रहेको ताप्लेजुङमा आईतबार भएको अधिवेशनबाट पालिकाको नेतृत्व छनोट भएको हो।जिल्लाको एक मात्र फुङलिङ नगरपालिकाको अध्यक्षमा भरत गुरुङ अध्यक्षमा निर्वाचित भएका छन्।
त्यस्तै, फक्तालुङ गाउँपालिकाको अध्यक्षमा सरोज एभेङ, सरिजङ्घा गाउँपालिकाको अध्यक्षमा सन्तोष चाम्लिङ, मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा दिवस लिबाङ, आठराइ त्रिवेणी गाउँपालिकामा सूर्यमान याक्सा, पाथिभरा याङवरक गाउँपालिकामा बिक्रम मेन्याङबो र मैवाखोला गाउँपालिकाको अध्यक्षको जिम्मेवारी लालकाजी वनेमले पाएका छन्। ताप्लेजुङ जिल्ला सचिव योगेश भट्टराईको गृह जिल्ला पनि हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment