थप ४०८ जनामा सङ्क्रमण पुष्टि, ८ जनाको मृत्यु

डिसी नेपाल
१४ कार्तिक २०७८ १६:०६
72
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ । ५ हजार ७३१ जनाको पीसीआर परीक्षण गर्दा ३७६ र २ हजार १६८ जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५१८ जना कोरोना मुक्त भएका छन्। यसैगरी, पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर ९ हजार ३७६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.४ प्रतिशत रहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.