नेपाली गीतबारे श्रष्टा सांझ अमेरिकाको बेग्लै कार्यक्रम

डिसी नेपाल
१५ कार्तिक २०७८ ०:०२
100
Shares

वासिंगटन डिसी । श्रष्टा सांझ अमेरिकाले हालै गीतसम्बन्धी एउटा बैग्लै खालको कार्यक्रम सुरु गरेको छ । गीतको महत्वपुर्ण तत्व शब्द रचना, संगीत र गायन एकार्काका परिपुरक भएकाले एक तत्वको मात्र कमीले पनि गीत अपुरो हुने मूल उदेश्यसहित अक्टोबर २९ तारिखदेखि ‘श्रष्टा सांझ अमेरिकाः रचना, संगीत, तथा स्वर’ नामक कार्यक्रम शुरु गरेको कार्यक्रमकी संचालिका सुनिता बस्नेत थापाले बताइन् ।
गीतका त्रिबेणी गीतकार, सककगीतकार, र गायक÷गायिकालाई एकै मन्चमा एकैसाथ अतिथि बनाई गीतका बिविध विषयमा अन्तरकृया गरिने यो कार्यक्रम गीतकार द्वय सुरेन उप्रेती र सुनिता बस्नेत थापाले संचालन गर्ने भएका छन् ।
संस्थाको फेसबुक पेजबाट लाइभ गरिएको कार्यक्रमको पहिलो श्रृंखलामा गीतका त्रिवेणी गीतकार राधाकृष्ण काफ्ले, संगीतकार नारायण ओली एवं गायक रविन शर्मा विशेष अतिथि रहेका थिए । सो कार्यक्रममा लोकप्रिय बरिष्ठ गायक रविन शर्माले महाकवी देवकोटाको ‘कुन मन्दिरमा जान्छौ यात्री’ गीत गाएर श्रद्दा सुमन अर्पण गरेका थिए । गीतका बिबिध पक्षहरुको चर्चा एवं आफ्ना अनुभवहरु साटासाट गरिएको यो कार्यक्रम एकार्काको उत्प्रेरणा, हौसला र साथले आफ्नो सांगितिक यात्रा सुमधुर बनाएका प्रसंगहरु घत लाग्दा थिए । नयां पुराना गीतहरु गुनगुनाउंदै, लाइभमा भएका दर्शकका अन्तरकृयाले दर्शक, श्रोतासंगको आफ्नो सम्बन्ध पुनः नवीकरण गर्न पाएकोमा गायक रविन शर्माज्युले खुशी व्यक्त गरेका थिए ।
नेपाली सांगितिक धरातलका दरो खम्बा बनिसकेका संगीतकार नारायण ओलीले ‘पहिला गीत आत्मरन्जनको लागि हुन्थ्यो अहिले मनोरन्जनको साधन भएको छ’ भनेर ठट्यौलो पारामा गीतको गुणस्तर खस्किएकोमा दुख व्यक्त गरेका थिए भने गीतकार राधाकृष्ण काफ्लेले यो कार्यक्रम एक कार्यक्रम मात्र नभइ रचनाकार, संगीतकार तथा गायाक÷गायिकाको पहिचानमा अहिलेको अवस्थामा आएको चुनौतीको लागि अभियान हुन सक्ने धारणा व्यक्त गरे । श्रष्टा सांझ अमेरिकाका संस्थापक अध्यक्ष प्रभात दीक्षितले विशेष अतिथिहरु, कार्यक्रम संयोजकहरु, एवं दर्शकहरुलाई धन्यबाद दिंदै वरिष्ठ गीतकार÷ डाइरेक्टर शैलेश आचार्यज्युलाई कार्यक्रमको परिकल्पनाको लागि बिशेष आभार ब्यक्त गरेका थिए । कार्यक्रम मासिकरुपमा अमेरिकाबाट प्रस्तुत गरिने सञ्चालिका सुनिताले बताइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *