कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा

डिसी नेपाल
१५ कार्तिक २०७८ १८:१५
140
Shares

काठमाडौं।कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले पदबाट राजीनामा दिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बैंकको अध्यक्ष नियुक्त गरेको थियो ।

सरकारले मार्ग प्रशस्त गर्न भनेपछि उनले राजीनामा दिएका हुन् ।राष्ट्र बैंकबाट अवकास प्राप्त कार्यकारी निर्देशकसमेत रहेका निरौलालाई गठबन्धन सरकारले हटाएर अर्को अध्यक्ष नियुक्त गर्ने तयारी गरेको थियो । नेपाल सरकारको बहुमत शेयर रहेको बैंकमा सरकारले आफू निकट व्यक्ति नियुक्त गर्ने गरेको छ ।

निरौलाले आफूले राजीनामा दिएको स्वीकार गरे । उनले भने, “सरकारबाट मार्ग प्रशस्त गर्न भनिएको थियो, मैले मार्ग प्रशस्त गरिदिएँ ।” उनले गत बिहीबार नै सरकारलाई राजीनामा बुझाएका थिए । अर्थ मन्त्रालय स्रोतका अनुसार आज उनको राजीनामा स्वीकृत गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.