मिलन पाण्डेलाई भ्रम नछर्न प्रवक्ता पठकको चेतावनी
काठमाडौं।विवेकशील साझाका संयोजक मिलन पाण्डेलाई पार्टी विरुद्ध भ्रम नछर्न प्रवक्ता शरदराज पाठकले चेतावनी दिएका छन्। प्रवक्ता पाठकले ट्वीट गर्दै भनेका छन्,‘विडम्वना तपाईँ पार्टी बैठक छलेर ट्वीटरमा भ्रम छर्दै हुनुहुन्छ। ’ संयोजक पाण्डेले भने, राजनीति आफ्नो कन्भिक्सनमा गर्ने भएकाले आधारभूत मान्यतामा बहुमत र अल्पमत नहुने बताएका छन्।
‘२०७८ सालमा आएर पार्टीभित्र, त्यो नि वैकल्पिक पार्टीभित्र राजतन्त्र र गणतन्त्रमा भोटिङ गर्ने कुरा सिधै खारेज योग्य छ। पाण्डेले भने,बहुदलीय लोकतन्त्रमा राजतन्त्र मान्नेको एउटा पार्टी हुन्छ, गणतन्त्र मान्नेको अर्को।’जवाफमा प्रवक्ता पाठकले भनेका छन्,‘पार्टी संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमतसंग्रहको पक्षमा उभिएको हो, लोकतन्त्रमा प्रश्न छैन ।रवीन्द्र जी, तपाईँ, म र कयौँ साथीले ०७४ को चुनावमा उम्मेदवारका रूपमा सार्वजनिक गरेको प्रतिवद्धतापत्र बिर्सनुभो?’भनेर प्रश्न गरेका छन्।’
संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गरिनुपर्नेबारे अध्यक्ष मिश्रको चर्चित राजनीतिक प्रस्ताव पार्टीको केन्द्रीय कमिटी बैठकले दुईतिहाइ मतसहित पारित गरेपछि पार्टीभित्र मिश्र र पाण्डेको समूहबीच विवाद चर्केको हो।
मिलन जी,
विडम्वना तपाईँ पार्टी बैठक छलेर ट्वीटरमा भ्रम छर्दै हुनुहुन्छ। पार्टी संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमतसंग्रहको पक्षमा उभिएको हो, लोकतन्त्रमा प्रश्न छैन।
रवीन्द्र जी, तपाईँ, म र कयौँ साथीले ०७४ को चुनावमा उम्मेदवारका रूपमा सार्वजनिक गरेको प्रतिवद्धतापत्र बिर्सनुभो? https://t.co/ZTn3qNjmrL pic.twitter.com/8kOyXFvNcw— Sharad Raj Pathak (@SharadRPathak) November 2, 2021







डिसी नेपाल







Facebook Comment