कार्यवाहक प्रधानमन्त्री खाणले बैतडीको वर्षा प्रभावित क्षेत्र अवलोकन गर्ने

डिसी नेपाल
१६ कार्तिक २०७८ १९:०३
16
Shares

बैतडी । नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण भोलि १७ कात्तिकमा बैतडीको ढुंगाड आउने भएका छन् ।

खाण वर्षाका कारण प्रभावित भएको सिगास गाउँपालिका ५ को ढुंगाड आउने कार्यक्रम रहेको उनका स्वकीय सचिव नरेन्द्र केसीले बताए ।

मन्त्री खाणको टोली बैतडीसहित बझाङ, डोटीलगायतका जिल्लाका बाढी प्रभावित क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम रहेको छ । बैतडीको ढुंगाडमा बुधबार दिउँसो १२ बजे कार्यक्रम राखिएको नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले बताए ।

बाढी(पहिरोबाट प्रभावित भएका ठाउँका बासिन्दाहरूसँग भेट गरी मन्त्री खाणले भोलि नै काडमाडौं फर्किने कार्यक्रम रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.