उपत्यकामा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

डिसी नेपाल
१६ कार्तिक २०७८ १९:०९
92
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी भैली खेल्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले उपत्यकाभित्र राती ९ बजेपछि देउसी भैली खेल्न निषेध गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार तिहारमा देउसी–भैलोमा राति नौ बजेसम्म मात्रै खेल्न अनुमति दिइएको छ । कोरोना भाइरसको संक्रमण हालसम्म पनि कायमै रहेको हुँदा सो निर्णय लिइएको प्रशासनले जनाएको छ ।

प्रशासनले मंगलबार तीन वटै प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी यसबारे निर्णय लिएको सहायक–प्रजिअ अधिकारीले बताए । ‘कोभिड–१९को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी देउसी–भैलो, नाचगान लगायतका कार्य राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्ने र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरू नगर्ने÷ नगराउने,’ विज्ञप्तिमा उल्लेख छ ।

साथै प्रशासनले पटाका पड्काउने, उत्पादन तथा ओसारपसार, मापसे सेवन गरी सार्वजनिक स्थानमा होहल्ला नगर्न समेत अनुरोध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.