कसैले भ्रम नपाले हुन्छ, छिटै चुनाव हुनेवाला छैन : माधव नेपाल
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको चुनाव आफ्नै समयमा हुने बताएका छन्।
मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले चाँडै चुनाव हुन्छ भनेर भ्रममा नपर्न आग्रह गरे।
‘कसैले भ्रम नपाले हुन्छ आजै चुनाव हुन्छ, छिटै चुनाव हुनेवाला छैन। संघीय संसदको चुनाव आफ्नै समयमा हुनेछ,’ उनले भने।
नेता नेपालले आगामी चुनावमा पाँच दलको गठबन्धन बलियो हुने दाबी गरे । ‘पाँच दलको गठबन्धन बलियो हुनेछ । पाँच दलीय गठबन्धन कसैले भत्काउन सकिँदैन,’ उनले भने ।
अब केही समयमा राष्ट्रियसभाको, स्थानीय तहको र रिक्त स्थानमा संघीय उपनिर्वाचन हुन लागेको भन्दै नेता नेपालले कलम छाप चिन्ह भएको एकीकृत समाजवादीको विजयी अभियान अगाडि बढ्दै जाने जिकिर गरे।
‘कलम छापको अभियान अघि बढ्दै जान्छ । पार लगाइन्छ जितिन्छ सफलता हात पारिन्छ,’ उनले भने, ‘निर्वाचनको मैदानमा विभिन्न ठाउँको आंकलन गरिरहेका छौं । हामी जित्नेछौं । हामीसँग इर्स्या गर्नेहरुको हालत खत्तम हुनेछ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment