मोदी नेपाल आउन ईच्छुक,देउवालाई पनि भारत भ्रमणको निम्तो
काठमाडौं।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्न ईच्छुक भएका छन्। स्टल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्री शेरबहादुरले बिमानस्थलमा संचारकर्मी संग कुराकानी गर्दै जानकारी दिए।
करिब एक साता ग्लास्गोको सम्मेलनमा सहभागी भएका देउवा र मोदीबीच भेटवार्ता भएको थियो। भेटमा मोदी पनि आफूलाई भारत भ्रमणको निम्तो दिएको बताएका छन्। ‘मैले मोदीजीलाई नेपाल आउनुस् स्वागत छ भनेँ। र उहाँले पनि नेपाल आउन तयार छु भन्नु भन्नुभयो, मलाई पनि भारत भ्रमणको निम्तो दिनुभएको छ।’प्रधानमन्त्री देउवाले भने।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment