रवीन्द्र मिश्रलाई बहुमत, विवेकशील साझा निर्वाचन आयोगमा अद्यावधिक
काठमाडौं। रवीन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीले बहुमत प्राप्त गरेको छ। मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समिति बैठकले कायम गरेको एक सय २४ सदस्यीयलाई निर्वाचन आयोगले स्वीकार गरेको हो । मिश्रले विधानसमेत संशोधन गरेर केन्द्रीय समिति हरेफेर गरेका थिए, जुन विवरण निर्वाचन आयोगमा अद्यावधिक भएको छ।
पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार आयोगले बुधबार पत्र पठाएर विवरण अद्यावधिकबारे जानकारी गराएको हो। मिलन पाण्डे समूहले भने यो निर्णय अस्वीकार गरेको छ।
विवेकशील र साझा पार्टीबीच एकता गर्दा बनेको विधानमा केन्द्रीय समितिको बैठक अध्यक्ष मिश्र र संयोजक पाण्डेको सहमतिमा मात्र बस्ने उल्लेख थियो । तर, मिश्रले विधान संशोधन गरेर यो अधिकार अध्यक्षलाई मात्र दिएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment