महाधिवेशनले उच्च समझदारीमा नेतृत्व चयन गर्ने

डिसी नेपाल
१८ कार्तिक २०७८ २२:३६
88
Shares

काठमाडाैं ।नेकपा (एमाले) का स्थायी कमिटी सदस्य विष्णु रिमालले पार्टीको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनले विधान महाधिवेशनमा झैँ उच्च तहको समझादारीसहित नेतृत्व चयन गर्ने जनाएका छन् ।

सो पार्टीको नुवाकोट काठमाडौँ सम्पर्क मञ्चले दिपावलीका अवसरमा आज आयोजना गरेको देउसीभैलो कार्यक्रममा उनले महाधिवेशनले विश्वलाई नेपालको सन्दर्भको माक्र्सवाद मानिने जनताको बहुदलीय जनवादलाई मौलिकताका साथ कार्यान्वयनको स्पष्ट सन्देश दिने जनाए ।

उनले गत असोजमा भएको पार्टीको विधान महाधिवेशनले दक्षिणपन्थी उग्रवादबाट बच्दै अग्रगामी रुपान्तरणका लागि सर्वसम्मतरुपमा दस्तावेज पारित गर्नु ऐतिहासिक उपलब्धि भएको बताउँदै नुवाकोट जिल्लाका नेता कार्यकर्ताले पार्टी एकतालाई ध्यानमा राखेर काम गरिरहेकामा प्रशंसा गरे । एमालेको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *