अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिद्वारा दीवालीको शुभकामना

डिसी नेपाल
१९ कार्तिक २०७८ ७:३३
608
Shares

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति जो वाइडेनले हिन्दूहरुको महान चाड दिपावलीको शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति जो वाइडेनको आधिकारिक ट्वीटरमार्फट वाइट हाउसले शुभकामना सन्देश जारी गरेको छ भने सोही सन्देशलाई वाइडेनले आफ्नो निजी ट्वीटर ह्याण्डलमा पनि शेयर गर्दै अमेरिका र विश्वभर रहेका दिवाली चाड मनाउनेहरुप्रति शुभकामना व्यक्त गरेका छन् ।

दीवालीको प्रकाशले अध्यांरोबाट ज्ञान, बुद्धि र सत्य, विभाजनबाट एकता र निराशाबाट आझाको उज्यालो प्रदान गरोस् भन्दै उनले शुभकामना सन्देशमा ‘अमेरिका र संसारभर दीवाली मनाउने हिन्दू, सिख, जैन, बुद्ध धर्मावलम्बीहरुलाई जनताको घर अमेरिकी राष्ट्रपति भवनदेखि तपाईंहरुको घरसम्म दीवालीको शुभकामना छ’ भनेका छन्।

फूलैफूलले सजाइएको टेवलमा तल छ वटा पालामा र माथि तीनतिर वालिएका बत्तीका अगाडि आफू र पत्नी जिल वाइडेनको तस्वीर सार्वजानिक गर्दै राष्ट्रपति वाइडेनले सो शुभकामना सन्देश जारी गरेका छन्।

यसैगरी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले एक भिडियो सन्देश जारी गर्दै दीवालीको शुभकामना दिएकी छन्। उनले पनि उज्यालोको पर्वभन्दै सबैको जीवनमा उज्यालो, प्रेम तथा समुन्नति छाओस् भन्ने कामना गरेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *