लागुऔषधसहित दुई युवक पक्राउ

डिसी नेपाल
२० कार्तिक २०७८ १०:०४
156
Shares

काठमाडौं । लागुऔषधसहित दुई युवकलाई प्रहरीले गए राति पक्राउ गरेको छ । भारतबाट लागुऔषध बोकी नेपाल आएका सोनमा गाउँपालिका–३ बस्ने १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादव रहेका छन् ।

ती युवाका साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित एकिझप्लौन सिरप दुई बोतल, स्पास्मो प्रोक्स ट्याब्लेट १८ थान र नाइट्रोजन ट्याब्लेट नौ थान बरामद गर्नाका साथै दुई थान मोबाइल र उनीहरुले चढी आएको भारतीय नम्बर बीआर३०यु ६९५४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाइएको छ ।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गए राति १० बजे भारत बिहारको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकेर सम्सी गाउँपालिका–६ स्थित बजारमा आएका उनीहरूलाई सम्सीस्थित प्रहरी चौकीबाट गस्तीमा गएका प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका थिए ।
उनीहरूलाई थप कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.