बलिउड अभिनेता राजकुमार रावको बिहे आज, तस्वीरमा हेर्नुहोस् यी हुन् उनकी पत्नी

डिसी नेपाल
२४ कार्तिक २०७८ १४:५३
6.1k
Shares

काठमाडौं। बलिउडका लभ बर्डस् राजकुमार राव र पत्रलेखा आफ्नो सम्बन्धलाई नयाँ उचाइमा लैजाँदैछन् । उनीहरु विवाह बन्धनमा बाँधिन लागेका छन् । राजकुमार र पत्रलेखाले आज चण्डीगढमा बिहे गर्दैछन् । यी दुईको विवाह कार्यक्रम १२ नोभेम्बरसम्म चल्नेछ ।

इटाइम्सको रिपोर्टअनुसार उनीहरुले चण्डीगढमा परम्परागत रितिरिवाजका साथ विवाह गर्दैछन् । यसअघि उनीहरुको विवाह जयपुरमा हुने भनिएको थियो । बिहेमा सीमित पाहुनाहरु मात्र सहभागी हुनेछन् । फिल्म उद्योगबाट निकै सीमित पाहुनाहरु मात्र बिहेमा उपस्थित हुनेछन् । अहिलेसम्म राजकुमार र पत्रलेखाको तर्फबाट भने बिहेको आधिकारिक घोषणा गरिएको छैन ।

राजकुमार र पत्रलेखाले २०१० लदेखि डेटिङ गर्दैछन् । उनीहरु केही समयदेखि साथमै बसिरहेका छन् । ह्युमर अफ बाम्बेसँम कुरा गर्दै पत्रलेखाले आफूले पहिलो पटक राजकुमारलाई लभ सेक्स और धोकाको स्क्रिनमा देखेको बताएकी थिइन् । यो फिल्म २०१० मा रिलिज भएको थियो । फिल्म हेरेपछि उनलाई राजकुमार वास्तविक जीवनमा पनि अनौठो होलान् भन्ने लागेको थियो ।

राजकुमारले पत्रलेखालाई पहिलो पटक टेलिभिजन विज्ञापनमा देखेका थिए । विस्तारै उनीहरुको मित्रता भयो र यो मित्रता प्रेममा परिणत भयो । राजकुमार र पत्रलेखाले हंसल मेहताको फिल्म सिटी लाइट्समा साथमा काम गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.