सुशान्तको मृत्यु प्रकरणमा रिया चक्रवर्तीको पक्षमा महत्वपूर्ण फैसला

डिसी नेपाल
२४ कार्तिक २०७८ १५:१९
1.5k
Shares

काठमाडौं। सुशान्त सिंह राजपुतको मृत्युपछि ड्रग्स केसको जाँच गरिरहेको नारकोटिक्स कन्टेल ब्युरोले अभिनेत्री रिया चक्रवर्तीको बैंक खाता फ्रिज गरिदिर्एको थियो । विशेष अदालतले बुधबार उनको खाता डिफ्रिज गर्न आदेश दिएको छ । अदालतले रियालाई आफ्ना बैंक खाता संचालन गर्न अनुमति दिएको हो । अदालतले रियाका म्याकबुक प्रो र आइफोन जस्ता विद्युतीय उपकरण पनि फिर्ता दिन आदेश दिएको छ ।

रियाले अदालतमा याचिका दायर गर्दै आफू पेसाले अभिनेत्री र मोडल भएको र एनसीबीले कुनै कारण बिना १६ सेप्टेम्बर २०२० मा उनको बैंक खाता र एफडी फ्रिज गरिदिएको बताएकी थिइन् । रियाले कर्मचारीलाई पारिश्रमिक दिन र जीएसटी समेत अन्य करहरु बुझाउन आफूले खाता संचालन गर्नु जरुरी रहेको बताएकी थिइन् । रियाले आफ्ना भाइ पनि आफूमा निर्भर रहेको बताएकी थिइन् ।

अदालतमा एनसीबीको प्रतिनिधित्व गर्ने वकिल अतुल सरपांडेले याचिकाको विरोध गर्दै यो मामिलामा वित्तिय जाँच चलिरहेको र यो अझै पूरा नभएको बताएका थिए । उनले यदि खाताहरु डिफ्रिज गरियो भने यसबाट जाँचमा बाधा आउने बताएका थिए । उनले खातामा भएको पैसा ड्रग माफिया र ड्रग्ससँग सम्बन्धित व्यवसायमा प्रयोग हुने सम्भावना भएको बताएका थिए ।

अदालतले रियाले आफ्ना खाता शर्तका साथ प्रयोग गर्न पाउने फैसला गरेको छ । अदालतले रियाले केसको सुनुवाइको क्रममा र पछि समेत आवश्यक परेमा आफ्नो खातामा भएको रकमको जानकारी जाँच अधिकारीलाई दिनुपर्ने आदेश दिएको छ । अदालतले रियाका विद्युतीय उपकरणहरु पनि एक लाख रुपैयाँ धरौटीमा फिर्ता दिन आदेश दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.