शिक्षामन्त्री र सचिव फ्रान्स भ्रमणमा
तस्बिर सौजन्य : शिक्षामन्त्री पौडेलको निजी सचिवालय
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल फ्रान्स भ्रमणमा गएका छन्।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को ४१औँ महासभामा भाग लिन मन्त्री पौडेल बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्रान्सको राजधानी पेरिसतर्फ प्रस्थान गरेका हुन्।
मन्त्री पौडेलले बिहीबार महासभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ।
मन्त्री पौडेलसँगै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, युनेस्कोको लागि नेपालका सहायक महासचिव बाबुराम अधिकारीलगायत फ्रान्स भ्रमणमा गएका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment