इरानमा इन्धन ट्याङ्कर र मिनीबस ठोक्किँदा ११ जनाको मृत्यु
काठमाडौं । इरानको सनन्दज-हमदान राजमार्गमा एक इन्धन ट्याङ्करमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।
यस दुःखद घटनापछि कुर्दिस्तानका गभर्नरले सम्पूर्ण प्रान्तभर दुई दिने सार्वजनिक शोकको घोषणा गरेका छन्।
समाचार एजेन्सी ‘इर्ना’ले कुर्दिस्तान न्याय विभागको जनसम्पर्क कार्यालयलाई उद्धृत गर्दै जनाए अनुसार यो घटना शनिबार साँझ करिब ५:३० बजे सनन्दज सहरको प्रवेशद्वार नजिकै भएको हो।
२० हजार लिटर ग्यासोलीन बोकेको एक इन्धन ट्याङ्करले पछाडिबाट एक मिनीबसलाई टक्कर दिँदा ठूलो विस्फोट भएको थियो। उक्त दुर्घटनामा दुवै सवारी साधनका चालकहरूको मृत्यु भएको छ।
कुर्दिस्तानका मुख्य न्यायाधीश मोहम्मद जब्बारीले घटनाको कारण पत्ता लगाउन छानबिन तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।
प्रारम्भिक अनुसन्धानबाट इन्धन ट्याङ्करको ब्रेकमा आएको प्राविधिक खराबीका कारण दुर्घटना भएको देखिएको उनले बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment