जनगणनामा खस भाषा जगेर्ना गर्नेगरी विवरण दिन सुझाव

डिसी नेपाल
२६ कार्तिक २०७८ १३:४२
128
Shares

खलंगा । जनगणनाका क्रममा खस भाषाको जगेर्ना गर्नेगरी उत्तर दिन विज्ञले कर्णालीका सर्वसाधारणलाई आग्रह गरेका छन्। जुम्ला बहुमुखी क्याम्पसका उपप्रमुख प्रकाशचन्द्र खत्रीले यस पटकको जनगणननमा मातृभाषा खस राख्न कर्णालीवासी र सम्पूर्ण खसभाषा बोल्नेहरूलाई अनुराध गरेका हुन्।

उनले जनगणना २०६८ मा खसभाषा बोल्ने कर्णालीमा जम्मा ३४ जना भएकोले यस पटक खस भाषा जगेर्ना गर्नेगरी जवाफ दिन आग्रह गरिएको हो।

भाषाका जानकार रमानन्द आचार्यले खस भाषा बचाउन जनगणामा नै समेटनु पर्ने बताए। तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले पनि विवरण दिँदा खस भाषामा जोड दिन उत्तरदातालाई अनुरोध गरेका छन्।

पातारासी गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले यो समयमा खस भाषाको जगेर्ना गर्न उपयुक्त अवसर भएको बताए। उनका अनुसार जनगणना २०७८ अनुसार प्रश्न १७ पछि मातृभाषा र दोस्रो भाषा भन्नेछ। त्यहाँ मातृभाषा खस लेख्न सकिन्छ भने दोस्रो भाषा नेपाली लेख्न सकिने जनगणना कार्यालयले जनाएको छ। त्यहाँ पुर्खाको भाषा पनि खस भाषा हुन सक्ने विज्ञहरू बताउँछन्।

बिहीबारबाट जिल्ला जनगणना कार्यालय जुम्लाले गणकहरू घरघर पठाएको कार्यालय प्रमुख शंकरदत्त भट्टले बताए। उनका अनुसार जुम्लामा पहिलो गणना जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाइँको गरिएको छ।

प्रजिअ प्रसाइँको गणना गर्ने गणक बिष्णुदेवी भण्डारीसहित जिल्लाभर एक सय ६४ जना गणक खटाइएको छ भने ४१ जना सुपरभाइजर खटाइएको छ। जनगणना २०६८ अनुसार जुम्लामा एक लाख आठ हजार जनसंख्या थियो । यस पटक केही बढ्ने अनुमान छ।

उत्तरदाताका लागि जम्मा ३७ प्रश्न र सामुदायिक २१ गरी ५८ प्रश्नावली छन्। ५८ वटा प्रश्नावलीमा २१ वटा वडा कार्यालयमा भरिनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *