एमाले बैतडी : जनवर्गीय संगठनका अधिवेशन ३ पुसभित्र
बैतडी । नेकपा एमाले बैतडीको जिल्ला उपाध्यक्षमा रमिल बम चयन भएका छन्। रिक्त रहेको उपाध्यक्ष पदमा उनलाई २४ कात्तिकमा प्रदेश कमिटीको बैठकले चयन गरेपछि सुक्रबार सपथ ग्रहण गराइएको छ।
यसैगरी प्रदेश कमिटीको बैठकले जिल्ला उपसचिवमा सरस्वती नेपालीलाई मनोनयन गरेपछि दुवैजनालाई सुक्रबार जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पालले सपथ ग्रहण गराएका हुन्। एमाले बैतडीको पूूर्ण बैठकमा १२ कात्तिकमा सम्पन्न वडा कमिटीको अधिवेशन र १५ कात्तिकमा सम्पन्न पालिका कमिटीको अधिवेशनका विषयमा छलफल गरेको छ। पार्टीको वडा र पालिका कमिटीहरुलाई व्यवस्थीत बनाउने, पालिकास्तरीय जनवर्गीय संगठनलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको पार्टी जिल्ला कमिटी सदस्य बलभद्र दयालले बताए।
बैठकले पार्टीको जनवर्गिय संगठनका जिल्ला अधिवेशनको मिति समेत तय गरेको छ। जस अनुसार युवा संघको जिल्ला अधिवेशन २० मंसिर, अनेरास्ववियुको २५ मंसिर, अखिल नेपाल महिला संघको २८ मंसिर, नेपाल उत्पीडित जातीय मुक्ति समाजको २ पुस र किसान महासंघको ३ पुसमा जिल्ला अधिवेशन गर्न मिति तय गरिएको पार्टीको जिल्ला उपसचिव सरस्वती नेपालीले बताइन्।







डिसी नेपाल








Facebook Comment