बेहुलीले आफ्नो बिहेमा पाहुनासँग खानाको प्रतिप्लेट १२ हजारका दरले पैसा मागिन्
काठमाडौं। एउटी बेहुलीले आफ्नो बिहेमा आएका पाहुनासँग भोजमा खाना खाएवापत प्रतिप्लेट १२ हजार रुपैयाँका दरले पैसा मागिन् । ती बेहुलीले आफ्नो बिहेको रिसेप्सन पार्टीमा खर्च गर्नको लागि आफू र आफ्ना बेहुलासँग पैसा नभएको भन्दै पाहुनाहरुसँग १ जनाबाट ९९ डलर माग गरेकी थिइन् । यसबारेमा ती बेहुलीकी एक साथीले सामाजिक संजालमा खुलासा गरिदिएकी छिन् ।
सामाजिक संजाल रेडिटमा एक युजरले आफ्नी एक साथीले आफ्नो बिहेमा पाहुनाहरुसँग ९९ डलर मागेको बताएकी छिन् । डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार नयाँ दम्पतीले आफूहरुसँग बिहेको रिसेप्सन पार्टीमा खर्च गर्न पैसा नभएको बताउँदै यस्तो माग गरेका थिए । युजरले लेखेकी छिन् ‘निम्तो कार्डमा बेहुलीले भनेकी थिइन् कि हामी भोजनको खर्च उठाउन असमर्थ छौं त्यसैले प्रतिव्यक्ति खानाको प्लेटको शुल्म ९९ डलर लाग्नेछ ।’
ती युजरका अनुसार बिहे हुने स्थान उनको घरबाट धेरै टाढा थियो । त्यहाँ पुग्नका लागि उनीहरुले करिब ४ घण्टा गाडी चलाएर जानुपर्यो । यसरी जाँदा धेरै समय र धेरै पेटेल समेत खर्च भयो । रेडिट युजरका अनुसार बिहेको स्थानमा एउटा बक्स लगाइएको थियो । त्यहाँ पाहुनासँग पैसा हाल्न अपिल गरिएको थियो । बक्समा लेखिएको थियो ‘पाहुनाहरुले दम्पतीको हनिमून, राम्रो भविष्य र नयाँ घरको लागि यहाँ पैसा हालिदिन सक्नुहुन्छ ।’
यो पोस्टमा अन्य रेडिट युजरहरुले विभिन्न किसिमका प्रतिक्रिया दिएका छन् । एक युजरले लेखेका छन् कि उनी यस्तो बिहेको रिसेप्सनमा जाने छैनन् भलै बिहे उनको अत्यन्तै निकट व्यक्तिको किन नहोस् । अर्का एक युजरले पनि दम्पतीले यस्तो गर्न नहुने भनेका छन् । अर्का उक युजरले भनेका छन् ‘शायद उनीहरुसँग वास्तवमै पैसा थिएन होला ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment