उपचारका लागि प्रचण्ड अस्पतालमा
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थ्य उपचारका लागि भैँसेपाटीस्थित मेडिसिटी अस्पताल गएका छन् ।
उनका स्वकीय सचिव रमेश मल्लले दौडधुपका कारण रक्तचाप बढेकाले उपचारका लागि मेडिसिटी गएको जानकारी दिए । “डोल्पा र भोजपुरमा केही कार्यक्रममा सहभागी भएपछि उहाँको स्वास्थ्यमा सामान्य समस्या आयो”, उनले भने, “त्यही भएर नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएको हो ।” स्वकीय सचिव मल्लका अनुसार प्रचण्ड उपचारपछि आजै साँझ नै घर फर्कने बताए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment