उच्च अदालत जनकपुरमा कानुन व्यवासायीहरूको धर्ना

डिसी नेपाल
२८ कार्तिक २०७८ १२:३८
60
Shares

जनकपुरधाम। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकाे राजीनामा माग्दै उच्च अदालत जनकपुरकोे मुल गेटमा नेपाल बार एसाेसिएसन जनकपुरका पादधिकारीहरूले धार्ना दिएका छन्।

नेपाल बार एसाेसिएसन जनकपुरका अध्यक्ष अधिवक्ता किशोरी साहको नेतृत्व कानुन व्यवसायीहरूले आइतबार बिहान ११ बजेदेखि धर्नामा बसेका हुन्।

‘न्यायपालिकामा शुद्धीकरणको लागि धर्ना कार्यक्रम’ लेखिएको ब्यानरसहित कानुन व्यवसायीहरू उच्च अदालतको मुल गेटमै धर्ना दिएपछि उच्च अदालतको कामकावाही समेत प्रभावित भएको छ।

नेपाल बार एसाेसिएसनले आइतबारबाट आन्दोलनलाई देशव्यापी बनाउँदै जाने निर्णयअनुसार आफूहरूले पनि धर्ना दिएको अभिवक्ता राजकुमार महासेठले बताए । विवादमा मुछिएका प्रधानन्यायाधीश जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन थालेको हो ।

बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको तथा बचौलियासँग साँठगाँठ गरेको लगायतका गम्भीर आरोप बार लगाउँदै आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *