विश्वकप जितेपछि लगाएको जुत्ता खोलेर त्यसैमा रक्सी हालेर पिए, किन गरिन्छ यस्तो ?

डिसी नेपाल
२९ कार्तिक २०७८ ११:०४

काठमाडौं। अस्ट्रेलियाले टि–२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक टि–२० विश्वकपको उपाधि जितेको हो । सात बल बाँकी छँदै लक्ष्य हासिल गरेपछि अस्ट्रेलियाले क्रिकेटका सबै फरम्याटमा उपाधि जितेको छ ।

अस्ट्रेलियन खेलाडीले पहिलो पटक टि–२० विश्वकप जितेको खुसी व्यक्त गर्ने अनौठा तरिका अपनाइरहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले खेलाडीहरुले खुसी मनाइरहेको भिडियो ट्वीट गरेको छ । भिडियोमा अस्ट्रेलियन खेलाडीले आफूले लगाइरहेको जुत्ता खोल्छन् त्यसपछि त्यसमा बियर हालेर पिउँछन् । भिडियोमा मार्कुस स्टोइनिस, म्याथ्यु वेड लगायत खेलाडी देखिएका छन् ।

जुत्तामा बियर हालेर पिउने अस्ट्रेलियाको पुरानो परम्परा हो । यो परम्परालाई शुइ भनिन्छ । यो प्रथामा धेरैजसो जुत्तामा बियर हालेर पिउँछन् । केहीले भने जुत्तामा ह्वीस्की वा अन्य मदिरा पनि हालेर पिउँछन् । २०१६ मा मोटरसाइकल रेसर ज्याक मिलनले पनि आफ्नो जितको खुसी यसैगरी व्यक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *