‘लाइफ सेभिङ अवार्ड’द्वारा सशस्त्र प्रहरी बल कुरिनटार सम्मानित

डिसी नेपाल
३० कार्तिक २०७८ १५:४५
72
Shares

काठमाडौं । नेपाल विपद् व्यवस्थापन जीवन रक्षक सम्मानद्वारा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार सम्मानित भएको छ ।

प्रकोप पूर्व तयारी सन्जाल (डीपीनेट) द्वारा प्रदान गरिने विभिन्न तीन विधा नेपाल विपद् व्यवस्थापन विशिष्ट सम्मान, नेपाल विपद् व्यवस्थापन जीवन रक्षक सम्मान, नेपाल विपद् व्यवस्थापन प्रविधि सम्मान मध्ये २०७८ सालको नेपाल विपद् व्यवस्थापन जीवन रक्षक सम्मान (लाइफ सेभिङ अवार्ड) सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारलाई प्रदान गरिएको हो ।

जसमा सम्मान पत्र सहित नगद ११ हजार दुई सय पचास प्रदान गरिएको छ । सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले उक्त प्रशंसा पत्र तथा नगद पुरस्कार ग्रहण गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरिहेका प्रकोप पुर्व तयारी सन्जालका अध्यक्ष सुर्यबहादुर थापाले सशस्त्र प्रहरीलाई सम्मान गर्न पाएको खुशी व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका माननीय सदस्य सलोनी प्रधान सिंह, विशेष अतिथिको रुपमा बागमती प्रदेश मामिला समितिका सभापति माधव पौडेलले समेत आफ्ना धारणा राखेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *