रिह्याब सेण्टरमा तनहुका २५ वर्षे किशोरको मृत्यु
काठमाडौं। बुढानीलकण्ठस्थित एक रिह्याब सेण्टर (सुधार गृह)मा तनहुका २५ वर्षे किशोरको मृत्यु भएको छ। काठमाडौंको बूढानीलकण्ठस्थित रिह्याब सेन्टर ‘अल्कोहलिक’ भएर रिह्याबमा राखेको तीन दिनमा तनहुँ घर भएका २५ वर्षीय टुकराज श्रेष्ठको मृत्यु भएको हो।
बूढानीलकण्ठस्थित स्थानीय पासिकोटमा रहेको ‘वे अफ लिभिङ ड्रग्स एण्ड अल्कोहल’ रिह्याबमा कात्तिक २४ गते मध्यरातमा श्रेष्ठको मृत्यु भएपछि सो सुधार गृहका विरुद्ध श्रेष्ठका परिवारले प्रहरीमा उजुरी दिएका छन्।
महानगरीय प्रहरी वृत्त महाराजगन्जमा श्रेष्ठका आफन्तहरुले उजुरी दिएका छन्। वृत्तका डिएसपी प्रमेश विष्टले सो सुधार गृहमा श्रेष्ठको मृत्यु भएको र उनका आफन्तहरुले उजुरी दिएको बताए।
‘हामी अनुसन्धान गर्दैछौ पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढ्छ’, डिएसपी विष्टले भने । परिवारले उनलाई कात्तिक २१ मा सुधार केन्द्रको जिम्मा लगाएको तर श्रेष्ठको कात्तिक २४ मा मृत्यु भएको थियो। सुधार केन्द्रले मृत्युपछि मात्र परिवारलाई खबर गरेका थिए।
परिवारका सदस्यले दिएको जाहेरीमा सुधार गृहमा भाइलाई कुटपीट गरी हत्या गरेको उल्लेख छ। तनहुँको घिरिङ गाउँपालिकाका घर भएका टुकराज श्रेष्ठ सेनामा जागिर खाएर निस्केका थिए।
परिवारका सदस्यले रिह्याबमा अल्कोहल छुटाउन राखेको तर, रिह्याब संचालकले उनलाई बाँधेर करेन्ट लगाएर यातना दिई हत्या गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।







डिसी नेपाल








Facebook Comment