महान बक्सिङ च्याम्पियन माइक टाइसन साउथ फिल्ममा, विजय देवोरकोंडासँग सुटिङ सुरु
काठमाडौं। दक्षिण भारतीय फिल्मका सुपरस्टार विजय देवोरकोंडा अहिले आफ्नो आगामी फिल्म लाइगरको सुटिङमा व्यस्त छन् । विजय र अनन्या पाण्डे हालै आफ्नो यो फिल्मको सुटिङको लागि पूरै टिमको साथमा अमेरिका पुगेका छन् । यहाँ विजय देवोरकोंडाको भिडन्त महान बक्सिङ च्याम्पियन माइक टाइसनसँग हुनेछ ।
View this post on Instagram
यो फिल्मका विषयमा पहिलेदेखि नै निकै चर्चा छ । अमेरिका पुगेसँगै विजयले माइक टाइसनको साथमा आफ्नो पहिलो फोटो शेयर गरेका छन् । फोटो शेयर गर्दै विजयले लेखेका छन् ‘यी मेरा प्रेम हुन् । म उनीसँग बिताएको हरेक पललाई याद बनाइरहेको छु र यो सधैंको लागि निशै विशेष रहनेवाला छ । लाइगर भर्सेज द लिजेन्ड । जब म आइरन माइक टाइसनको अगाडि पहिलो पटक आएँ ।’
पुरी जगन्नाथको निर्देशनमा बनिरहेको एक्सन ड्रामा फिल्मलाई करण जौहर र चर्मी कौरले निर्माण गर्दैछन् । यो फिल्म कूल ५ भाषाहरु हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा रिलिज हुँदैछ ।







डिसी नेपाल








Facebook Comment