मकै उत्पादनमा कमी

डिसी नेपाल
१ मंसिर २०७८ १६:१३
20
Shares

काठमाडौं । यस वर्ष मकै उत्पादनमा कमी भएको छ । योसँगै खार्पुनाथ –४ छिप्रा गाउँका महिलाको मुख्य आम्दानीमा कमी आएको छ ।

समयमै पानी नपर्नाका साथै खेतमा लगाएको मकैमा किरा लागेका कारण उत्पादनमा कमी भएको यहाँका महिलाले गुनासो गरेका छन् । गत वर्षका तुलनामा यो पटक उत्पादनमा कमी आएको हो । गत जेठ महिना खेतमा छर्किएको मकै कात्तिक महिना घर भित्र्याउँदाको समय उत्पादनमा ह्रास आएको स्थानीयवासी हिरउली रावतले गुनासो गरे ।

मकैलाई पुग्ने गरी पानी नआउनाका साथै खेतमा विभिन्न खाले किराले खाएका कारण उत्पादन कम भएको उनले बताए । आफ्नो मात्रै नभएर गाउँभरिका किसानले खेतमा लगाएको मकै यस वर्ष उत्पादनमा कमी आएको हो । गत वर्षका तुलनामा यो वर्ष उत्पादनमा कमी आएको अर्का स्थानीयवासी जसपुरी रावलले गुनासो गरे । पानीको अभावका कारणले गर्दा मकैका बोटमा विभिन्न किसिमका डडुवा, ध्वाँसेजस्ता रोगहरू लागेको छ ।

उत्पादनमा कमी आएसँगै यहाँका किसान चिन्तित बनेका छन् । यस पटक उत्पादनमा कमी आउँदा अर्को वर्षका लागि बीउ जोगाउनसमेत मुस्किल भएको जसपुरी रावतले बताए । उत्पादनमा कमी हुँदा आम्दानीको स्रोत घटेको उनले जानकारी दिए । उनले भने, “विगतमा हामीले एक केजी मकैको रु एक सयमा बिक्री गथ्र्र्यो तर यो वर्ष उत्पादन नभएर आम्दानीसमेत शून्य भएको छ । विगतका वर्षहरुमा उत्पादन राम्रो हुँदा घोडा, खच्चड व्यवसायीहरुलाई बिक्री गरिएको थियो । यस वर्ष बीउ जोगाउनसमेत मुस्किल भएको छ ” उनले भने ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.