अविरल वर्षाले जुम्लाको सिंजामा कृषिबाली र भौतिक संरचनामा ठूलो क्षति

डिसी नेपाल
२४ असार २०८३ १०:२५

जुम्ला। जुम्लाको सिंजा गाउँपालिका-३ स्थित धितालिही रोकायाबाडामा गएराति परेको अविरल वर्षाका कारण स्थानीय कृषकहरूले लगाएको बालीनाली र भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।

अविरल वर्षा र बाढीका कारण कृषकहरूले खेतबारीमा लगाएको अन्न, धान, कोदो र सिमी लगायतका विभिन्न कृषिबाली नष्ट भएका छन्।

बाढी र वर्षाले स्थानीयका घर तथा अन्य भौतिक संरचनाहरूमा समेत गम्भीर क्षति पुर्‍याएको छ। घटनाको विस्तृत विवरण र क्षतिको पूर्ण मुल्याङ्कन आउन अझै बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ।

अचानक आइलागेको यो प्राकृतिक विपत्तिपछि पीडित स्थानीय बासिन्दाहरूले सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई तत्काल उद्धार, निरीक्षण र राहतका लागि आवश्यक पहल गरिदिन जोडदार आग्रह गरेका छन्।

(तस्बिरः दानबहादुर बुढा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *