दुई दिन सार्वजनिक बिदा

डिसी नेपाल
२ मंसिर २०७८ ७:०९
4.0k
Shares

बैतडी। मेलौली नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ। मेलौली भगवती मन्दिरमा लाग्ने भव्य जात्राका लागि नगरपालिकाले आज बिहीबार र भोलि शुक्रबारका लागि बिदा दिएको हो।

नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले जानकारी दिए। मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गर्छन् ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि आज बिहीबार एक दिन सार्वजनिक दिने निर्णय गरेको छ। मेयर नरेन्द्रसिंह थापाले एक सूचना जारी गर्दै नगरपालिकाको गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा आज कात्तिक शुक्ल चतुदर्शीका दिन जात्रा लाग्ने भएकाले बिदा दिइएको जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *