प्रिती जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनिन्

डिसी नेपाल
२ मंसिर २०७८ १३:२७

काठमाडौं। बलिउड अभिनेत्री प्रिती जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । प्रितीले सामाजिक संजालमा पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । पोस्टमा प्रितीले आफ्ना सन्तानको नाम पनि बताएकी छिन् ।

प्रितीले इन्स्टागममा आफ्ना पतिसँग एउटा फोटो शेयर गर्दै फ्यानहरुलाई खुसीको खबर दिएकी हुन् । प्रितीले पोस्टमा लेखेकी छिन् ‘आज म तपाइँहरु सबैसँग हाम्रो अद्भूत खबर साझा गर्न चाहन्छु । म र जीन धेरै खुसी छौं । हाम्रो मनमा धेरै प्रेम भरिएको छ किनकि हाम्रो घरमा दुई जुम्ल्याहा बच्चा जय जिन्टा गुडेनोह र जिया जिन्टा गुडेनोहले जन्म लिएका छन् ।

 

View this post on Instagram

 

A post shared by Preity G Zinta (@realpz)

प्रितीले अगाडि लेखेकी छिन् ‘हामी आफ्नो जिन्दगीको नयाँ चरणलाई लिएर धेरै उत्साहित छौं । हाम्रो अद्भूत यात्राको हिस्सा बनेकोमा सबै डाक्टरहरु, नर्स र हाम्री सेरोगेटलाई मनभित्रबाट धन्यवाद । सबैलाई धेरै प्रेम ।’ प्रितीको यो पोस्टबाट उनी सेरोगेसीको माध्यमले आमा बनेकी हुन् भन्ने प्रस्ट भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *