२९९ जना नयाँ सङ्क्रमित थपिए, ६ जनाको मृत्यु

डिसी नेपाल
२ मंसिर २०७८ १६:२२

काठमाडौं । पछिल्लो २४ घण्टामा २९९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ७ हजार ८६३ जनामा पीसीआर परीक्षण गरिएकोमा २७२ जनामा र ३ हजार २८८ जनामा एन्टीजेन परीक्षण गर्दा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २६० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सोही अवधिमा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८९ पुगेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार ६४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ७१ हजार ८९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *