सप्तरीमा गोरुगाडा प्रतियोगिता
काठमाडौं ।सप्तरीको खडक नगरपालिका र बोदेबरसाइन नगरपालिकाको बीचमा पर्ने खडक नदीमा जारी नवाह यज्ञको अन्तिम दिन बिहीबार गोरुगाडा दौड प्रतियोगिता आयोजना गरेको छ ।
सहभागी मध्ये सप्तरी गौराका कृषक श्यामप्रसाद यादवको गोरुलगाडाले प्रथम, सप्तरी डहवारीका महेन्द्र यादवको गोरुगाडाले दोस्रो पुरस्कार, गौरा गाउँको मुकेश यादव गोरुगाडाले तेस्रो पुरस्कार, यसैगरी जोगिया गाउँका भागवतप्रसाद यादव गोरुगाडाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
प्रथम हुनेलाई २ तोला चाँदीको तकमा, २५ केजी पिना, एक बाल्टिन, २ घुघंरू र एक गम्छाबाट पुरस्कृत गरिएको छ । दोस्रो हुने १.५ तोला चाँदीको तकमा, २० केजी पिना, एक बाल्टिन, २ घुघंरू, एक गम्छाबाट पुरस्कृत गरिएको छ । त्यस्तै तेस्रो हुने १ तोला चाँदी, २० केजी पिना, एक बाल्टिन र एक गम्छाबाट पुरस्कृत गरिएको छ । सान्त्वना पुरस्कार प्राप्त गर्नेले पुरस्कार स्वरूप ५ सय नगद प्राप्त गरेका छन् ।
खडक नगरपालिका वडा नम्बर २ का अध्यक्ष दिगम्बर यादवले गोरु पाल्ने, गाडाको प्रयोग गर्नेहरूको बिस्तारै कमी हुन थालेकोले गोरु पाल्ने, गाडा प्रयोग गर्नेलाई प्रोत्साहन गर्नका निम्ति यो प्रतियोगिता आयोजना गरेको बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment