एमाले महाधिवेशनका लागि बाजुराबाट छानिए २१ प्रतिनिधि (नामावलीसहित)

डिसी नेपाल
३ मंसिर २०७८ ७:००
40
Shares

बाजुरा। बाजुराबाट नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि २१ प्रतिनिधि चयन भएका छन्। १०-१२ मंसिरमा हुने महाधिवेशनका लागि बाजुराबाट खुला, महिला, दलित काेटाबाट प्रतिनिधि छनाेट भएका हुन्।

खुलातर्फ रंगमान शाही, अजबहादुर मल्ल, सहदेव बोगटी, कालीबहादुर शाही,भरतबहादुर बुढा, जनककुमार बोहरा,अमरबहादुर खड्का,हरिबहादु रोकाया, मनलाल खत्री, बलदेव रेग्मी र भरत थापा छानिएका छन्।

महिलातर्फ बसुन्धरा रोकाया, मनदेवी ओली, ऐना गिरी, मायादेवी कुँवर, रेखा कडारा र राजकला सार्की चयन भएका छन्। दलित काेटामा विनोद नेपाली (बाजुरेली), काशीबहादुर विक, विक्रम सुनार र मोहन नेपाली महाधिवेशन प्रतिनिधि बनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.