स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा जाँदै

डिसी नेपाल
३ मंसिर २०७८ १४:३७
304
Shares

काठमाडौं। योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा जाने कार्यक्रम तय भएको छ ।आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा उनीहरु स्याङ्जा जाने भएको आचार्य बालकृष्णका भाइ डा.पवमान सुवेदीले जानकारी दिए । स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको सहस्र पूर्णचन्द्र दर्शनको अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती लक्ष्यबत्ती कार्यक्रममा सहभागी हुन उनीहरु त्यहाँ जाने कार्यक्रम भएको सुवेदीले जानकारी दिए।“आज दिउँसो दुबै जना घरमै आउनुहुनेछ”, उनले भने, “बुबाको चौरासी पूजासँगसँगै उहाँहरुको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ ।” आचार्य बालकृष्ण पिता जयबल्लभ सुवेदीका ज्येष्ठ सुपुत्र हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *