“म्यानपावर कम्पनीले श्रमिकसँग तोकिएभन्दा ठूलो रकम लिँदै आएका छन्”

डिसी नेपाल
३ मंसिर २०७८ १६:३४

काठमाडौं।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारीका लागि तोकिएको सेवा शुल्कभन्दा बाहिर ठूलो रकमको कारोबार हुने गरेको र त्यसबाट राज्य र श्रमिक दुवै पक्ष ठगिएकाले सेवा शुल्कका बारेमा पुनःविचार हुनुपर्ने बताए ।

वैदेशिक रोजगार बोर्डको सहयोगमा वैदेशिक रोजगार पत्रकार समाजले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उनले सरकारले खाडीसहित केही मुलुकका लागि सेवा शुल्क १० हजार तोकेको छ तर म्यानपावर कम्पनीले श्रमिकसँग तोकिएभन्दा ठूलो रकम लिँदै आएका छन् भन्दै उनले एक महिनाको पारिश्रमिक बराबरको रकम सेवा शुल्क तोक्ने विषयलाई अगाडि बढाउन मन्त्रालयले तयारी गरेको बताए ।

“गन्तव्य मुलुकसँगको श्रम सम्झौतालाई कामदार मैत्री बनाउने र श्रम सम्झौतालाई पारदर्शी बनाउन सरकार लागेको छ”, उनले भने, “सीपयुक्त जनशक्ति मात्र वैदेशिक रोजगारीमा पठाउने, विप्रेषणलाई वैधानिक तबरबाट भित्र्याउन सरकारले तयारी गरेको छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *