बेलायत रोजगारीमा १० हजार नर्स पठाउने सरकारको तयारी
काठमाडौं । सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको छ ।
शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको जानकारी दिए।
‘हामी कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ । यसमा छिट्टै नै काम हुन्छ’, सचिव गौतमले भने ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment