सुनचाँदीकाे मूल्य घट्यो, यस्ताे छ आजकाे बजार भाउ

डिसी नेपाल
७ मंसिर २०७८ ११:४२

काठमाडौं। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएकोमा मंगलबार १६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो।

मंगलबार छापावाल सुन प्रति १० ग्राम ८९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ४२० रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७६ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *