आज कहाँ-कहाँ वर्षा र हिमपातकाे सम्भावना छ ?

डिसी नेपाल
८ मंसिर २०७८ ७:२७
632
Shares

काठमाडौं। नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

राति देशका पहाडी भूभागमा बदली रहनेछ। बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको आँकलन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.