‘हलेसी डेकोर’को ट्रेडमार्क चोरी अभियोगमा एक व्यवसायी पक्राउ

डिसी नेपाल
८ मंसिर २०७८ २१:०७
344
Shares

काठमाडौं । प्रहरीले ट्रेडमार्क चोरी अभियोगमा एक व्यवसायीलाई पक्राउ गरेको छ । ‘हलेसी डेकोर’को ट्रेडमार्क चोरी गरेको अभियोगमा बुधबार साँझ योगेन्द्र कार्कीलाई पक्राउ गरेको हो ।

उनलाई साइबर अपराधमा समेत अनुसन्धान हुने प्रहरीको भनाई छ । उनलाई काठमाडौबाट साइबर व्यूरोले पक्राउ गरेको हो । कार्कीले हलेसी डेकोरको ट्रेडमार्क चोरी तथा इमेलको दुरुपयोग गरेर ‘खोटाङ हलेसी डेकोर’ सञ्चालन गरेका थिए । उनी यसअघि हलेसी डेकोरकै सेयरधनी थिए । प्रहरीका अनुसार २०७७ फागुनमा शेयर बिक्री गरी खोटाङ हलेसी डेकोर नाममा अर्को व्यापार सुरु गरेका थिए ।

तर उनले ‘हलेसी डेकोर’ कै ट्रेडमार्क प्रयोग गरेको र हलेसी डेकोरकै इमेलबाट फेसबुक र टिकटक एकाउन्ट सञ्चालन भन्दै प्रहरीमा उजुरी परेका कारण पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ । साइबर अपराधमा पक्राउ परेका कारण उनलाई विहीबार जिल्ला अदालतबाट समय लिएर अनुसन्धान गरिने व्यूरो स्रोतले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.