जागिर नपाएर हैरान भएका थिए, बाटोमा लगेर बायोडाटा झुण्ड्याए, ३ घण्टामा जागिर पाए

डिसी नेपाल
१० मंसिर २०७८ १४:४५

काठमाडौं। जागिरका लागि दिएका अन्तरवार्तामा लगातार अस्वीकृत भएपछि हैरान भएका एक युवाले जागिर खोज्नको लागि गजबको तरिका खोजे । उनले रेल स्टेशनमा लगेर आफ्नो बायोडाटा झुण्ड्याइदिए । यसको केही घण्टामै उनले जागिर पनि पाए । डेली मिररको रिपोर्टअनुसार लण्डनका २४ वर्षका हैदर मलिकले कोरोनाकालमा जागिर पाइरहेका थिएनन् ।

मिडिलसेक्स युनिभर्सिटीबाट बैंकिङ र फाइनान्समा प्रथम श्रेणीमा उत्तिर्ण भएर पनि हैदर मलिक जागिरको लागि भौंतारिइरहेका थिए । उनले लगातार जूममार्फत अन्तरवार्ता दिइरहेका थिए तर सफल हुन सकेका थिएनन् । त्यसपछि उनले जागिर पाउने नयाँ उपाय सोचे । उनले एउटा बोर्डमा सबै जानकारी लेखेर आफ्नो बायोडाटा र लिंक्डइन प्रोफइलको क्युआर कोड शेयर गरे ।

हैदर मलिकका अनुसार यस्तो गर्न उनी आफ्ना पिता महमुद मलिकबाट प्रभावित भएका थिए । उनका पिता आफ्नो जवानीमै पाकिस्तानबाट बेलायत आएका थिए र ट्याक्सी चलाउँथे । स्टेशननजिक बोर्ड लगाएपछि हैदर मलिकलाई सुरुको ५–१० मिनेट डर लाग्यो किनकि उनी त्यहाँ खाली हात उभिएका थिए ।

हैदर मलिकले भने ‘मेरो ब्यागमा मेरो सीभी र हस्तावेजहरु थिए । म त्यहाँ खाली हात उभिएको थिएँ र मानिसहरुसँग कुरा गर्ने कोसिस गरिरहेको थिएँ । मैले मेरो सीभी हातमा लिएँ र मानिसहरुलाई केवल गुड भर्निङ भन्न थालें । यस क्रममा धेरै मानिसहरुले मलाई आफ्नो कार्ड दिए । उनीहरुले मलाई आफ्नो फोन नम्बर दिए र मसँग कुरा गर्न थाले । कसैले मेरो फोटो भाइरल गरिदिए ।’

यसको असर यो भयो कि हैदर मलिकलाई लगातार फोन आउन थाले । त्यसपछि अन्तरवार्ताको लागि फोन आयो । हैदरले भने ‘मैले बिहान साढे ९ बजे विभागका निर्देशकको एउटा टेक्स्ट सन्देश पाएँ जसमा भनिएको थियो कि साढे १० बजे अन्तरवार्ताको लागि आउ । मैले बोर्ड लिएँ र दौडिएँ । दोस्रो राउण्डको अन्तरवार्तापछि मैले जागिर पाएँ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *