ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक

डिसी नेपाल
११ मंसिर २०७८ १३:०२

काठमाडौं।एमालेको जारी महाधिवेशनअन्तर्गत बन्दसत्र शनिबार बिहान १० बजे सुरु हुने कार्यतालिका थियो । तर दिउँसो १ बज्न लाग्दासमेत बन्दसत्र सुरु हुन सकेको छैन ।केन्द्रीय कमिटी बैठकले पदाधिकारी थप गरे पनि आकांक्षीहरूबीच सहमति नजुट्दा बन्दसत्रमा ढिलाइ भएको हो ।

एमाले अध्यक्ष केपी ओली केही बेरा अगाडि मात्र बन्दसत्रस्थलमा प्रवेश गरेका छन् । उनी बिहानदेखि आफू बसेको रिसोर्टमा निकट नेताहरूसँग छलफलमा जुटेका थिए ।एमालेमा वरिष्ठ उपाध्यक्ष र महासचिवमा बढी सकस देखिएको छ । वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले दाबी छाडेका छैनन् । महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ । आफ्नै समूहका आकांक्षीले अडान नछाड्दा ओलीलाई सकस भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *