सभामुख सापकोटा भन्छन्- सर्वाेच्चको समस्या समाधानका लागि उपाय खोज्नेछु

डिसी नेपाल
१६ मंसिर २०७८ १०:३२
68
Shares

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सर्वाेच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसन चरणवद्ध आन्दोलनमा रहेका बेला सभामुख सापकोटाले भने, ‘ म जानुभन्दा (स्पेन) पहिला नेपाल बारले ध्यानाकर्षण पत्र बुझाएको थियो । विषय जानकारीमा छ, अब कसरी अगाडि बढ्ने भनेर म सोच्छु।’

बारले प्रधानन्यायाधीशको बर्खास्तीको माग गर्दै प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ। सापकोटाले संसदको गतिरोध अन्त्यका लागि पनि उपाय खोज्ने बताए।

‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामाअब सोच्छु,’ उनले भने, ‘सर्वदलीय बैठक, अरू बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्ने छु।’

उनी अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *