कांग्रेस महाधिवेशनः इतर समूहबाट लुम्बिनी प्रदेश सभापतिको उम्मेदार अमरसिंह पुन
काठमाडौं।नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजबाट सुरु भएको प्रदेश तहको अधिवेशनको लागी संस्थापनइतर समूहबाट लुम्बिनी प्रदेश कार्यसमितिको लागी साझा उम्मेदार टुंगाे लागेकाे छ।
उक्त समूहले प्रदेश सभापतिका लागी रोल्पा जिल्लाका पूर्व सभापति अमरसिंह पुनलाई मैदानमा उतारेको छ।त्यसैगरि उपसभापतिका लागी गुल्मीका भुवन श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठकलाई उम्मेदारी बनाउने भएको छ। महामन्त्रीका लागी नवलपरासीका विक्रम खनाल र कपिलबस्तुका सुरेन्द्रराज आचार्य रहेका छन्।
सहमहामन्त्रीमा भने, दाङका खगराज पाण्डे,अर्घाखाँचीका विष्णु मुस्कान र प्युठानबाट निमा गिरी रहेका छन्। संस्थापन समूहबाट यसअघि नै रुपन्देहीका भरत शाहलाई उम्मेदार बनाउने भइसकेको छ।प्रदेश अधिवेशन आज उद्घाटन भएर भोली उम्मेदारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।







डिसी नेपाल








Facebook Comment